पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज (आइतबार) बिहान भारतीय योग गुरु बाबा रामदेवले योग प्रशिक्षण दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा एकदिने योग शिविर सञ्चालन गरिएको हो।
भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा योग शिविर आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा. टोकराज पाण्डेयले बताए।
138
Shares
प्रतिक्रिया