ad ad

समाज


वायु प्रदूषणका कारण दिल्लीमा विमान अवतरण हुन सकेनन्

वायु प्रदूषणका कारण दिल्लीमा विमान अवतरण हुन सकेनन्

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ६:५६,

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीको वायु प्रदूषण ‘असहनीय तह’मा पुगेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनले यस वायु प्रदूषण सुर्ती तथा चुरोट सेवन गर्नु बराबर रहेको ठहर गरेको छ।

आइतबार दिल्लीमा अवतरण हुनुपर्ने ३० वटा विमानहरु अवतरण हुन सकेनन्। बीबीसीका अनुसार वायु प्रदूषणका कारण विमानका पाइलटले धावनमार्ग राम्रोसँग नदेखेपछि ३० वटा विमान डाइभर्ट गरिएका थिए।

दिल्लीमा शुक्रबारदेखि नै विद्यालयहरु बन्द रहेका छन्। साथै निर्माण कार्यहरु तत्कालका लागि ठप्प पारिएका छन्।

यसअघि दिल्लीका विभिन्न विद्यलयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्यहाँको प्रशासनले ५० लाख मास्क वितरण गरेको थियो।

Image result for delhi pollution airport

भारतीय संचारमाध्यमका अनुसार दिल्लीका प्रत्येक व्यक्तिले मास्क लगाउनुपर्ने अवस्था रहेको छ।

भारतमा हालै दिवाली पर्व सम्पन्न भएको छ। यसै पर्वमा पटेकाहरु अधिक मात्रामा पड्काइएपछि यसबाट निस्किएको धुवाँले दिल्ली ढाकेको बताइएको छ।

साथै दिल्ली वरपरका क्षेत्रमा किसानहरुले आफ्ना खेतलाई खाली गर्नका लागि फोहोरहरु डढाएका कारण पनि दिल्लीमा प्रदूषण बढेको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .