वैदेशिक रोजगारीका लागि लाओस पठाइदिने भन्दै २४ लाख २० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टिचोकका ५० वर्षीय विजय थिङ लामा र ५० वर्षकै सजना थिङ लामा रहेका छन्। उनीहरुले नविन कुमार तामाङ समेतका ४ जना लाई लाओस पठाइदिने भन्दै रकम लिएर भारतको दिल्लीसम्म पुर्याई अलपत्र छोडेका थिए।
पक्राउ परेका ब्यक्तिहरुलाई अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया