ad ad

समाज


महराको थुनछेक बहस सकिएन, मुद्दा हेर्दाहेर्दैमा

महराको थुनछेक बहस सकिएन, मुद्दा हेर्दाहेर्दैमा

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १०:४८,

संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज महराको थुनछेक बहस भएको हो।

आजको बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता नवराज मैनाली र भोजराज आचार्यले बहस गरेका थिए। वकालतनामा बुझाउने २५ मध्ये अधिकांश अधिवक्ताहरुको बहस नसकिएकाले मुद्दा लम्बिएको हो।

महराविरुद्ध अभियोजनकर्ता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको अभियोगपत्र दर्ता गरेसँगै यस विषयले अदालतमा प्रवेश पाइसकेको छ।

बहसपछि अभियुक्तलाई पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय न्यायाधीशले गर्नेछन्।

महराविरुद्ध प्रहरीले पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गरेको छ।

प्रहरी प्रतिवेदनले जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित गर्ने विभिन्न प्रमाणहरूसमेत फेला पारी पेस गरेको जनाइएको छ। महराले बलात्कार अभियोगमा इन्कारी बयान दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .