ad ad

समाज


काठमाडौंको मःमः खानु भनेको रोग निम्त्याउनु हो: प्राडा कोइराला (भिडिओ)

काठमाडौंको मःमः खानु भनेको रोग निम्त्याउनु हो: प्राडा कोइराला (भिडिओ)

यज्ञराज जोशी
कात्तिक २७, २०७८ शनिबार १३:१७, काठमाडौँ

प्रा.डा. उमा कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट पोषण विषयमा विद्यावरिधि गरेकी छन्। अहिले पनि त्रिविमै अध्यापनरत कोइराला पोषणसम्बन्धी थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धानमा सहभागी भइरहेकी छन्। 

राष्ट्रिय योजना आयोगको पोषणसम्बन्धी सल्लाहकार समितिमा सदस्यसमेत रहेकी कोइराला काठमाडौंमा खाजाका रुपमा प्रयोग हुने मःमः सकेसम्म उपभोग नगर्न सुझाव दिन्छिन्। काठमाडौंमा बन्ने अधिकांश मःमः अस्वस्थकर हुने बताउँदै उनले खानै परे आफूलाई विश्वास लाग्ने ठाउँमा मात्रै खान सुझाव सल्लाह दिएकी छन्। 

काठमाडौंमा बनाइने मःमःमा प्रयोग हुने मासु, सागसब्जी  गुणस्तरहीन हुने गरेको उनी बताउँछिन्। 

‘काठमाडौंमा मःमः खान स्वास्थ्यका दृष्टिकोणले एकदमै जोखिम छ। हामीकहाँ गुणस्तर नियमन नभएकाले प्रयोग भएका वस्तुको स्वच्छताबारे थाहा हुन्न,’ डा.कोइरालाले भनिन्, ‘हत्तपत्त गएर जहाँ पायो त्यही मःमः नखानु नै बेस हो।’ 

कोक, फन्टा, पेप्सीजस्ता पेय पदार्थसँग मःमः खान नहुने कोइरालाले बताइन्। 

भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .