ad ad

समाज


घाँस काट्न गएकी महिलाको घाँटी रेटेर फरार व्यक्ति मध्यराति ससुरालीमा पक्राउ

घाँस काट्न गएकी महिलाको घाँटी रेटेर फरार व्यक्ति मध्यराति ससुरालीमा पक्राउ

आरोपित


शैलेन्द्र महतो
कात्तिक ६, २०७८ शनिबार १०:१९, काठमाडौँ

धनुषाको विदेह नगरमा गहना लुट्न महिलाको घाँटी रेटेर फरार व्यक्ति पक्राउ परेका छन्। 

प्रहरीका अनुसार घाँस काट्न गएकी महिलाको हत्या प्रयासपछि भागेका विदेह नगरपालिका–६  गिद्धाका ३५ वर्षीय भुट्टाचोर भन्ने रामभजन महतोलाई गिरफ्तार गरिएको हो। 

हिजो शुक्रबार बिहान ११ बजे स्थानीय रामबहादुर मण्डलकी ५५ वर्षीया पत्नी जमुनदेवी मण्डल घाँस लिन चौर गएका बेला उनले खुट्टामा लगाएको चाँदीको पाउजु लुट्न महतोले घाँटी रेटेर मार्ने प्रयास गरेका थिए। तर बीचमै स्थानीयले देखेपछि उनी भागेका थिए। 

फरार महतोलाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट पक्राउ गरिएकाे​ प्रहरीले जनाएको छ। 

प्रहरी चौकी तिनकोरियाका सई शारदा शंकर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले महतोलाई शुक्रबार राति १२:१० बजेतिर उनको ससुरालीबाट पक्राउ गरेको हाे। 

उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

घाँटी रेटिएकी जमुनदेवीको उपचार प्रादेशिक अस्पताल (जनकपुर) मा जारी छ। उनको घाँटीमा ९ वटा टाँका लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .