समाज


नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्रीको निधन

नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्रीको निधन

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १८:२६, काठमाडौँ

अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। कोभिड–१९ को संक्रमणको कारण उनको निधन भएको उनका परिवारले बताएका छन्। 

पावेल सन् २००० मा जर्ज डब्ल्यू बुसको पालामा अमेरिकाको विदेशमन्त्री बनेका थिए। उनी अमेरिकाको पहिलो अफ्रिकी–अमेरिकी विदेशमन्त्री हुन्। 


सोमबार परिवारले विज्ञप्ति जारी गर्दै पावेलको निधन भएको पुष्टि गरेको हो। 

उनी सन् २००२ जनवरीमा नेपाल भ्रमणमा आएका थिए। पाकिस्तान र भारतको भ्रमण सकेर उनी काठमाडौं आएका थिए।

नेपाल भ्रमणमा आउने उनी एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्। पावेल आतंकवादविरुद्धको अभियानमा अमेरिकाको नीतिबारे जानकारी गराउने क्रममा नेपाल आएका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .