ad ad

समाज


मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालखबर
असोज २७, २०७८ बुधबार १४:५२, काठमाडौँ

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। 

भारतको पञ्जाबमा मंगलबार आयोजित कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा. आरएस बावले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारी पत्र लागू हुनेछ। सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासङ्गिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन्। 

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताए। हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरुको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .