स्रोत नखुलेको १० लाखभन्दा धेरै रहकसहित महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महोत्तरीकै मनरा सिस्वा नगरपालिका ५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ की १८ वर्षीया बिन्दा कुमारी साहलाई १० लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन्। नम्बरबिनाको मोटरसाइक चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टका अनुसार शंका लागेर चेकजाँच गर्दा रकम फेला परेको हो।
दीपेन्द्रकुमारले पिठ्युमा बोकेकोको झोलामा पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी जम्मा १० लाख चार हजार चार सय रुपैयाँ बरामद भएको विष्टले जानकारी दिए।
रकमसहित जलेश्वर भन्सार कार्यालय राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया