जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का संघीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन्।
जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिन एक महिनाको तलब सहयोग गर्न लागेको सांसद श्रेष्ठले बताए।
‘जनगायक शर्माको छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ,’ सांसद श्रेष्ठले भने, ‘घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु।’
शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ। जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताए।

प्रतिक्रिया