ad ad

समाज


उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

नेपालखबर
असोज २०, २०७८ बुधबार २०:४१, काठमाडौँ

पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ।

मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ। 

पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।

मंगलबार अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन्। लगत्तै उनको मृत्यु भएको थियो।

मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन्। स्वास्थ्यकर्मीले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने बताएका छन्। यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ। 

बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन। घटनाका सम्बन्धमा बिहानबाटै छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .