ad ad

समाज


४४ करोड ठगी आरोपमा बैंकर इच्छाराज तामाङ पक्राउ

४४ करोड ठगी आरोपमा बैंकर इच्छाराज तामाङ पक्राउ

नेपालखबर
असोज १८, २०७८ सोमबार २२:१३, काठमाडौँ

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। 

तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ। 

तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो। 

 सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ।

सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन्।

डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .