ad ad

समाज


गौहत्या आरोपीलाई रिहाइ गर्न मार्क्सिस्ट आउटलुकको माग

गौहत्या आरोपीलाई रिहाइ गर्न मार्क्सिस्ट आउटलुकको माग

नेपालखबर
असोज ६, २०७८ बुधबार १४:२३, काठमाडौँ

गत सोमबार मकवानपुरबाट गौहत्याको आरोपमा पक्राउ परेका १० जनालाई रिहा गर्न मार्क्सिस्ट आलटलुकले माग गरेको छ। 

गौहत्या आरोपित हुनु धर्मनिरपेक्ष लोकतन्त्रको भद्दा मजाक रहेको भन्दै बुधबार विज्ञप्तिमार्फत विरोध गर्दै रिहाइको माग गरेको हो। 

गौहत्याको आरोपमा मकवानपुरमा एक दलित र नौ जना तामाङ गरी दस जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

‘धर्मनिरपेक्ष राज्यमा यस्ता घटना पटक पटक दोहोरिने र गौहत्याको आरोपमा उत्पीडित समुदायमाथि अमानवीय व्यवहार गर्ने तरिका सिधा सिधा एकलजातीय अहङ्कारको प्रतिविम्ब हो। यो भर्त्सना र विरोध गरिनुपर्ने विषय हो’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने धेरै समुदाय र संस्कृतिमा गाईको मासु खाने चलन छ। त्यसैले त्यसो गर्न पाउनु उनीहरुको अधिकार हो।’ 

मुलुकी अपराध संहिताले तोकेर नै गौहत्या गर्न नपाइने व्यवस्था गरेकोमा मार्क्सिस्ट आलटलुकको आपत्ति छ।

‘१९१० को मानवद्वेषी मुलुकी ऐनमा ज्यानमार्ने उद्योग अन्तर्गत कानुन आकर्षित हुने गरी राखिएको व्यवस्था आजसम्म पनि निरन्तर प्रयोगमा छ। ब्राह्मणवादबाट प्रेरित यी नियम कानुन नेपाली समाजको विविधता विरोधी त छन् नै, यी अमानवीय समेत छन्’, विज्ञप्तिमा भनिएको छ।

कुनै पनि समुदायलाई जबर्जस्ती आफ्ना अधिकारबाट वञ्चित गरिनु लोकतान्त्रिक राज्यको चरित्र नभएको मार्क्सिस्ट आलटलुकको दाबी छ। 

तर नेपालको संविधानमा धर्मनिरपेक्ष उल्लेख भए पनि यसले सनातनदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण गर्ने उल्लेख गरेको छ। गाई हिन्दूहरुको पूज्य जनावर हो।

यसको हत्या गर्न दिइँदा मिलेर बसेको समाजमा साम्प्रदायिकता खलबलिन सक्ने तथ्यलाई मध्यनजर गर्दै संविधानले धर्मनिरपेक्षताको व्याख्या पनि सोहीअनुसार गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .