ad ad

समाज


टिकटकको चक्करमा सेती नदीमा खसेकी पवित्राको शव भेटियो

टिकटकको चक्करमा सेती नदीमा खसेकी पवित्राको शव भेटियो

नेपालखबर
असोज ५, २०७८ मंगलबार २२:२२, काठमाडौँ

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ। 

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी त्यही ठाउँकी युवतीको शव मंगलबार भेटिएको हो। 

१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। 

सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। उनको शव आफन्तले पहिचान गरेका छन्। 'शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ', तिमिल्सिनाले भने।

विवाह भएको पाँच दिनमा माइती आएकी उनी साथीहरुसँग घुम्ने क्रममा सेतीको तीव्र गतिको बेगनजिकैको रक गार्डेनमा पुगेकी थिइन्। 

त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए। भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .