ad ad

समाज


आजदेखि ११ दिनसम्म देशव्यापी रूपमा भेरोसेल खोप दिइँदै (अडिओ सन्देशसहित)

आजदेखि ११ दिनसम्म देशव्यापी रूपमा भेरोसेल खोप दिइँदै (अडिओ सन्देशसहित)

नेपालखबर
असोज ४, २०७८ सोमबार ६:५९, काठमाडौँ

सरकारले आज (सोमबार) देखि देशव्यापी रूपमा ११ दिनसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउँदै छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने अभियान सञ्चालन गरिने भएको हो। 

अहिले पहिलो मात्रा लगाएका व्यक्तिलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा दिइनेछ। 

मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षदेखि माथिका नागरिकलाई भेरोसेल खोप लगाउन पाउनेछन्।
यस्तै चितवन र काभ्रेमा ३५ वर्षमाथि उमेरकालाई खोप दिइने मन्त्रालयले जनाएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ।

मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। 

साथै यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 
काठमाडौं जिल्लामा भने आज (सामेबार) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ। 

अझ प्रस्ट स्वास्थ्य मन्त्रालयले जारी गरेको याे अडिओ सन्देशबाट हुन सकिन्छ–

यो पनि : ​काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि, यी हुन् खोप केन्द्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .