ad ad

समाज


खातामा रकम नभएको चेक दिएर ठगी गर्ने पक्राउ

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने पक्राउ

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १५:११, काठमाडौँ

खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै चेक  दिएर सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठनगरपालिका–९ गोल्फुटार बस्ने वर्ष २६ को अनिस सुन्दास रहेका छन्।

सुन्दासले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ।

उनलाई उच्च अदालत पाटनबाट गत २०७७ चैत ८ गते बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएको थियो।

फरार रहेका सुन्दासलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .