ad ad

समाज


नेपालमा तीन हजार जनामा कोरोना खोप परीक्षण हुने

नेपालमा तीन हजार जनामा कोरोना खोप परीक्षण हुने

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १८:१९, काठमाडौँ

देउराली जनता फर्मास्युटिकल्सले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायल गर्न अनुमति पाएको छ। 

सरकारले फर्मास्युटिकल्सले चीनको सार्क कोभ–टु एमआरएनए भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइल गर्न अनुमति दिएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्क कोभ–टु एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्राइल गर्न अनुमति दिने निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्क कोभ–टु एमआरएनए भ्याक्सिनको क्लिनिकल ट्राइल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। 
उनले हैजा खोपको ट्राइल गर्न पनि अनुमति दिने निर्णय भएको बताए।

सो भ्याक्सिनको तीन हजार मानिसमा ट्रायल गरिनेछ।

धरानमा सुरु गरी आवश्यकता अनुसार अन्य क्षेत्रमा थपिँदै जाने र परीक्षण गर्न तीनदेखि ६ महिनासम्म लाग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी निर्देशक प्रदीप ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार चीनको वान भ्याक्स कम्पनीको सार्क कोभ–टु एमआरएनए भ्याक्सिनको नेपालमा परीक्षण गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .