ad ad

समाज


कुलमान घिसिङको नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज

कुलमान घिसिङको नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज

फाइल तस्बिर: कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य


नेपालखबर
भदौ २, २०७८ बुधबार ९:४७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ। 

आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो। 

आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ। 

यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन्। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै  कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। 

त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा-सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ। तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

घिसिङको नियुक्तिविरुद्ध शाक्यले दिएको रिट निवेदन यस्तो छ–

यो पनि–

कुलमान घिसिङद्वारा ८० सालभित्र सबैका घरमा विद्युत् पुर्‍याउने योजना सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .