ad ad

राजनीति


ओलीले ल्याएको अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई अहिले विरोध गर्ने हक छैन : गगन थापा

ओलीले ल्याएको अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई अहिले विरोध गर्ने हक छैन : गगन थापा

नेपालखबर
भदौ २, २०७८ बुधबार ९:२९, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छलेर दल विभाजनलाई सहज हुनेगरी अध्यादेश ल्याएकोमा बिरोध गरेका छन्।

उनले संसदलाई छलेर जोसुकैले अध्यादेश ल्याए पनि त्यो गलत हुने प्रष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत् थापाले हिजो ओलीले यस्तै अध्यादेश ल्याउँदा त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज देउवाले ल्याएको अध्यादेशको समर्थन गर्ने हक नभएकोमा जोड दिएका छन्। 
 

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत,’ बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

साथै  विगतमा ओलीले ल्याएको यस्तै अध्यादेशमा ल्याप्चे लाउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि अहिले यो अध्यादेशको विरोध गर्ने हक नभएको थापाको भनाई छ। 

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन,’ उनले अगाडि लेखेका छन्, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .