ad ad

समाज


गण्डकीमा व्यावसाय लक्षित खोप अभियान, पर्यटन व्यवसायीले पाए

गण्डकीमा व्यावसाय लक्षित खोप अभियान, पर्यटन व्यवसायीले पाए

वाशुदेव मिश्र
साउन २८, २०७८ बिहिबार २०:६, पोखरा

पोखराका पर्यटन व्यवसायीलाई कोभिडविरुद्धको खोप दिइएको छ। खोप नपाए व्यवसाय सञ्चालन गर्न नसकिने माग राख्दै आएका व्यवसायीहरुलाई गण्डकी प्रदेश सरकारले बिहीबार २ हजार ५ सय डोज खोप उपलब्ध गराएको हो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीहरुलाई खोप हस्तान्तरण गरे। 

अभियानअन्तर्गत टे«किङ एजेन्सीज एसोयिसन अफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्वतारोहण संघ, ओटेफ, टेवान, रेवान पोखरा नेपाल हवाई खेलकुद संस्था, पश्चिमाञ्चल होटल संघ, पोखरा पर्यटन परिषद, नाट्टा गण्डकी, एगा, टेसा, एनटिभिए, भिटोफ, मनि चेन्जर, स्पा, डुङ्गा एसोसिएसन, टुरिष्ट बुक सप, सिटी टुर गाइड, अखिल मजदुर संघ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थानका एण्ड प्रिन्टिङ, नेशनल टुर गाइडलगायतका पर्यटनसँग सम्बन्धित संस्थाका संचालक र मजदुरलाई खोप लगाइएको  परिषदका कार्यवहाक अध्यक्ष पोमनारायण श्रेष्ठले बताएका छन्। 

परिषदले पोखरा सुरक्षित छ भन्ने सन्देश दिन र नेपाल घुम्न आउने पर्यटकलाई आतिथ्यता प्रदान गर्नको लागि पर्यटन क्षेत्रलाई ५ हजार डोज खोप दिनुपर्ने माग गरेको थियो। कोभिडविरुद्धको खोप अभियान सुरु भएसँगै पोखराको पर्यटनले गति लिने र कम्तिमा आन्तरिक पर्यटकलाई आतिथ्यता प्रदान गर्न सकिने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेश बहादुर भट्टराईले बताए। 

त्यसैगरी रेवान पोखराका पूर्वअध्यक्ष चौ बहादुर गुरुङले ढिलै भएपनि खोप पाएकोमा पर्यटन क्षेत्रमा खुसीयाली ल्याएकोले थप खोप तत्कालै व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका छन्।

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले होटलमा धेरै कर्मचारीहरु भएकाले पर्याप्त मात्रामा खोप नपुगेको भएता पनि व्यवसायीमा उत्साह मिलेको बताएका छन्। गण्डकी सरकारले उद्योगी÷व्यवसायीलाई लक्षित गरी उद्योग वाणिज्य संघ र अन्य व्यावसायिक संघ–संस्थाहरुको समन्वयमा खोप अभियान सुरु गर्ने जनाएको छ।

यसअघि स्वास्थ्य निर्देशनालयले उमेर समूहलाई आधार मानेर खोप वितरण गर्दै आएको थियो। हालसम्म गण्डकीमा २ लाख ३८ हजार जनाले दुवै डोज र ५ लाख ४८ हजारले पहिलो डोज खोप लगाइसकेको गण्डकीका स्वास्थ्य  सचिव डाक्टर विनोदबिन्दु शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .