समाज


खातामा रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ

नेपालखबर
काठमाडौँ, साउन ११

खातामा पर्याप्त रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ परेकी छन्। 

पक्राउ पर्नेमा तनहुँको ब्याँस नगरपालिका–९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं प्रक्राउको लागि परिचालित प्रहरी टोलीले उनलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो।

गुरुङलाई बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले १३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको थियो।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा विकास बैंकको चेक काटी दिई ठगी गरेको प्रहरीले जनाएको छ।

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .