ad ad

समाज


प्रधानमन्त्री देउवाले खोप कार्यक्रमको अनुगमन गर्ने

प्रधानमन्त्री देउवाले खोप कार्यक्रमको अनुगमन गर्ने

फाइल फाेटाे


नेपालखबर
साउन ३, २०७८ आइतबार १६:२९,

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको अनुगमन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले भोलि उपत्यकाका विभिन्न स्थानमा खोप कार्यक्रमको अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार अमेरिकाबाट प्राप्त खोप जोन्सन एण्ड जोन्सन भोलिदेखि लगाउन सुरु गरिँदैछ। 

मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गरी काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा खोप कार्यक्रम सुरु गर्ने जानकारी दिएको छ। 

सो क्रममा प्रधानमन्त्रीले विहान १० बजेदेखि अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल, वी र अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य  विज्ञान प्रतिष्ठानलगायतका केन्द्रहरूको अनुगमन गर्ने मन्त्रालययले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .