भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शनिबार सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरेको पीएसएलभी-सी६१ रकेट प्रक्षेपण असफल भएको छ।
इसरो प्रमुख वी. नारायणनले प्रक्षेपणपछि तेस्रो चरणको मिसन अधुरो रहेको जानकारी दिएका हुन्।
इसरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘१०१औँ प्रक्षेपण प्रयास गरियो। दोस्रो चरणसम्म पीएसएलभी-सी६१ को प्रदर्शन सामान्य थियो। तर तेस्रो चरणमा समस्या आएपछि मिसन पूरा हुन सकेन।’
यस मिसन अन्तर्गत ईओएस-०९ (पृथ्वी अवलोकन उपग्रह-०९) लाई सूर्य सिंक्रोनस ध्रुवीय कक्ष (एसएसपीओ) मा राख्नुपर्ने थियो।
ईओएस-०९ उपग्रह ईओएस-०९४ को दोहोरिने संस्करण हो। यो देशको रिमोट सेन्सिङ क्षमतालाई अझ बलियो बनाउने उद्देश्यले सिर्जना गरिएको हो।
690
Shares

प्रतिक्रिया