प्रविधि


एप्पलका नयाँ आईफोन सार्वजनिकः के छन् विशेष फिचर?

एप्पलका नयाँ आईफोन सार्वजनिकः के छन् विशेष फिचर?

नेपालखबर
भदौ २५, २०७६ बुधबार ८:४१,

एप्पलले आफ्ना नयाँ तीन आईफोन बजारमा सार्वजनिक गरेको छ। कम्पनीले आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स मंगलबार सार्वजनिक गरेको हो।

सबै तीनवटा आईफोन सेप्टेम्बर २० मा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । तर अग्रिम माग भने सेप्टेम्बर १३ बाटै सुरु हुने कम्पनीले जनाएको छ।

नयाँ आईफोनको मुख्य आकर्षण त्यसमा भएको क्यामरालाई लिइएको छ। ७ सय अमेरिकी डलर मूल्यको आईफोन ११ मा दुई लेन्सयुक्त क्यामरा सेटअप छ भने १ हजार अमेरिकी डलर मूल्य पर्ने आईफोन ११ प्रो र १ हजार १ सय अमेरिकी डलर मूल्य पर्ने प्रो म्याक्समा तीनवटा लेन्सयुक्त क्यामरा रहेका छन्। कम्पनीले पत्रकार सम्मेलन गरी तीनवटा नयाँ उत्पादनबारे जानकारी दिएको हो।

iphone 11 red

तीनवटै आईफोनमा जनरल परफरमेन्स (प्रस्तुति), ब्याट्री लाइफ (चार्ज टिक्ने) र टिकाउलाई लिएर कम्पनीले धेरै सुधार गरेको एजेन्सीहरुले जनाएका छन्। तर सबैभन्दा आकर्षण भने क्यामरा नै रहेको छ। नयाँ उत्पादनमा कम्पनीले फोटोग्राफीलाई प्राथमिकतामा राखेको छ। नयाँ १२० डिग्री अल्ट्रावाइड क्यामरा भएका कारण यसले फराकिलो दृश्य कैद गर्न सक्छ। रात्रि मोड (नाइट मोड)ले अँध्यारोमा पनि गुणस्तरीय तस्बिर कैद गर्न सक्छ र सेल्फीका लागि स्लो मोसन भिडियो क्याप्चर फिचर राखिएको छ। त्यस्तै डिप फ्युजनले पिक्सेल वाई पिक्सेल फोटो प्रोसेस गर्ने सुविधा नयाँ आईफोनमा छ। एप्पलले यसअघिका आईफोनमा भन्दा ठूला क्यामरा लेन्स राखेको छ।

iphone 11 red 11

क्यामराको सफ्टवेयरलाई लिएर धेरैले नयाँ आईफोनको प्रशंसा गरेका छन्। नयाँ आईफोनमा क्यामरा र भिडियो मोडमा स्विच गर्न नयाँ फिचर दिएको छ। शटर बटनलाई तल लैजाँदा चाहेको कुरा गर्न सकिने सुविधा यस फिचरले दिन्छ। आईफोन ११ प्रो र म्याक्स प्रो चार रंग न्यु मिडनाइट ग्रिन, स्पेस ग्रे, गोल्ड र सिल्भरमा रहेका छन्। यसलाई म्याट्टे फिनिश भनिन्छ। त्यस्तै नयाँ आईफोनहरु यसअघिका आईफोनभन्दा केही गह्रौँ रहेका छन्। प्रो र प्रो म्याक्सका स्क्रिन म्याक्स ब्राइटनेसमा ८०० निटसम्म पुग्न सक्छन्। यसअघिको आईफोन एक्सएस म्याक्सको डिस्प्ले केवल ६ सय २५ निटसम्म मात्रै पुग्थ्यो। त्यस्तै प्रो म्याक्सको स्क्रिन पहिलेको आईफोनमा भन्दा बढी चम्किलो छ।

सरसर्ती हेर्दा एप्पलले आईफोन ११ लाई नयाँ फ्ल्यागशिप दिन खोजेको र प्रो र प्रो म्याक्सलाई व्यावसायिक ग्रेड मोडल बनाउन खोजेको देखिन्छ। आईफोन ११ को ७ सय डलर मूल्य र रंगीन डिजाइन हेर्दा यो आइफोन एक्सआरको परिष्कृत भर्जन जस्तो देखिन्छ। आईफोन एक्सआरको सफलताबाट एप्पलले धेरै कुरा सिकेको अनुभव हुन्छ। बिजनेस इन्साइडरबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .