नोकियो ब्राण्डको फोन बनाउने फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले आगामी वर्ष आफूले फाइभजी चल्ने सस्तो नोकिया फोन सार्वजनिक गर्ने घोषणा गरेको छ।
एचएमडीले सुरुवातमा उक्त फोन अमेरिकामा सार्वजनिक हुने बताएको छ। सन् २०२० भित्र फाइभजी फोन तर सस्तो दरमा प्रदान गर्ने एचएमडीले पुष्टि गरेको छ।
एचएमडी ग्लोबलका मुख्य उत्पादक अधिकारी जुहो सरविकसले भने,‘हामी फाइभजी फोन सस्तो दरमा बजारमा ल्याउने छौं। यो मानिसहरुको लागि अवसर हुनेछ।’
साथै एचएमडीले यसै वर्षको अन्त्यसम्ममा फाइभजी चल्ने नोकिया फोन सार्वजनिक गर्ने पनि बताएको छ। एजेन्सी
प्रतिक्रिया