ad ad

प्रविधि


मंगल ग्रह पुगेको नासाको यानले त्यहाँबाट पठायो पहिलो आकर्षक तस्बिर

मंगल ग्रह पुगेको नासाको यानले त्यहाँबाट पठायो पहिलो आकर्षक तस्बिर

नेपालखबर
फागुन ८, २०७७ शनिबार ११:५७,

बीबीसीका अनुसार हालै नासाको पर्सिभिरेन्स रोभरले खिचेर पठाएको उक्त आकर्षक तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै गरेको देखिन्छ।

उक्त तस्बिर रोबटलाई झुलाउँदै सतहमा राख्ने रकेट क्रेडलले पठाएको हो।

अन्य तस्बिरहरूमध्ये एउटा भूउपग्रहबाट खिचिएको छ जसले प्यारासुटमार्फत् अवतरणको अवस्था देखाउँछ।

बैज्ञानिकहरुले पर्सिभिरेन्सको अवस्था राम्रो रहेको विवरण आफूहरूले पाएको बताएका छन्।

पर्सिभिरेन्सले आफूसँग ठूलो परिमाणमा विवरणहरू सङ्कलन गरेको छ जुन उसले क्रमैसँग पृथ्वीमा पठाउनेछ।

Ground view

उक्त यान जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको छ।

जहाँ अरबौं वर्षअघि एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ।

जेजेरो क्रेटरको विस्तृत तस्बिरहरू भने अर्को साता आउनेछ जतिखेर पर्सिभिरेन्सले आफ्नो बाटो पहिल्याउने उपकरण ठड्याउने छ जसमा मुख्य वैज्ञानिक क्यामेराहरू राखिएका छन्। बीबीसी

Perseverance

Wheel

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .