ad ad

प्रविधि


भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द

नेपालखबर
माघ १७, २०७७ शनिबार ११:१८,

भारतको प्रविधि मन्त्रालयले हालै टिकटकसहित ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको एनडीटीभीले जानकारी दिएको छ।

अस्थायी प्रतिबन्ध लगाएको ७ महिनापछि भारत सरकारले ती एप्सहरुलाई स्थायी रुपमै प्रतिबन्ध लगाइएको हो।

भारतले गतवर्षको जुन महिनामा टिकटकसहित ५९ चिनियाँ एप्सहरुलाई साइबर सुरक्षा खतरा बढेकाले प्रतिबन्ध लगाएको थियो।

भारत र चीनबीच विवादित गलवान उपत्यकामा झडप भएपछि र २० भारतीय सेनाको मृत्यु भएपछि भारतले उक्त कदम चालेको थियो।

भारतले यी एप्सहरुले भारतीय डेटा चोरी गर्ने गरेको आशंका गरेको थियो। यद्यपी टिकटकसहितका चिनियाँ एप्सहरुले डेटा चोरीको आरोप खण्डन गर्दै आएका छन्।

टिकटकले भारतीय प्रणालीमै रहेर आफूले यहाँ सेवा दिने बताउँदा पनि भारतले नमानेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .