ad ad

प्रविधि


ट्रम्पविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्दै टिकटक

ट्रम्पविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्दै टिकटक

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:३३,

अमेरिकाको नेसनल पब्लिक रेडियोका अनुसार टिकटकले मंगलबार क्यालिफोर्नियास्थित अमेरिकी जिल्ला अदालतमा ट्रम्पविरुद्ध मुद्दा हाल्नेछ।

हालै ट्रम्पले टिकटकलाई अमेरिकाभर प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले टिकटक प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन्।

टिकटक अमेरिकी साइबर सुरक्षाको लागि खतरा भएको अमेरिकी ट्रम्प सरकारको ठहर छ।

तर ट्रम्पले अवैधानिक रुपमा टिकटकलाई प्रतिबन्ध लगाएको टिकटकले सुरुवतदेखि बताउँदै आएको छ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्मवमा रहेको टिकटकले उपलब्ध भएका कानुनी प्रक्रियाअनुसार अमेरिकी सरकारविरुद्ध मुद्दा लड्ने जनाएको छ।

हालै मात्र टिकटक माइक्रोसफ्ट कम्पनीको स्वामित्वमा गएर अमेरिकामा सेवा दिन सहमत भएको थियो। यसबीचमा ट्वीटरले पनि टिकटक खरिद गर्न चासो देखाएको समाचारहरु आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .