फाइभ–जीको लागि बिभिन्न स्थानमा हुवावेलाई बेस स्टेसन खडा गर्न पनि ब्रिटेन सरकारले स्वीकृति प्रदान गरेको थियो।
तर यतिबेला हुवावेसँगको बेलायती नीति परिवर्तन हुने संकेत देखिएको छ।
बेलायतको नेसनल सेक्युरिटी सेन्टर एनसीएससीले सरकारलाई एक प्रतिवेदन बुझाएको छ जहाँ बेलायतले हुवावेसँगको नीति परिवर्तन गरिनुपर्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ।
अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएको अवस्थामा हुवावेका सामग्री बेलायतका लागि सुरक्षित छन् भनेर विश्वास गर्न नसकिने एनसीएसीले जनाएको छ।
अमेरिकाले हुवावेलाई चिनियाँ सरकारको जासुसीको माध्यम बनेको आरोप लगाएको छ। चीनका हरेक उत्पादनमा चीन सरकारको नियन्त्रण रहेको अमेरिकी गुप्तचरहरुको ठहर छ।
चीन सरकारले चाहे चीनका सबै कम्पनीको सूचना प्राप्त गर्नसक्ने बताउँदै अमेरिकी अधिकारीले केही समय अगाडि हुवोवे लगायतका चिनियाँ प्रविधि कम्पनी प्रयोग नगर्न सुझाव दिएको थियो।
हुवावेमाथि अमेरिकामा प्रतिबन्ध लागेको छ। यसअघि बेलायतले हुवावेको फाइभ–जी प्रविधि आफूले प्रयोग गर्ने बताएपछि अमेरिका बेलायतसँग रुष्ट बनेको थियो।
हुवावेले भने आफू स्वतन्त्र कम्पनी भएकाले चीन सरकारको नियन्त्रण आफ्नो कम्पनीमा नभएको बताउँदै आएको छ।
बेलायतले नीति परिवर्तन गर्ने भएपछि हुवावेलाई ठूलो झट्का लाग्ने देखिएको छ। एजेन्सी
Shares
प्रतिक्रिया