ad ad

प्रविधि


फेसबुकका संस्थापक जुकरबर्गले ट्वीटरको आलोचना गरे

फेसबुकका संस्थापक जुकरबर्गले ट्वीटरको आलोचना गरे

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:१९,

ट्वीटरले ट्रम्पको ट्वीटलाई गलत भन्न खोजेको हो। हुलाकमार्फत हुने मतदान पूरै धाँधलीपूर्ण हुने भन्दै ट्रम्पले मंगलबार ट्विट गरेका थिए।

तर ट्विटरले त्यसको तल हुलाकमार्फत हुने मतदान पारदर्शी हुने तथ्य राखेर उनको कुरा पहिलोपटक झुठ साबित गरिदिएको थियो। त्यस दिनदेखि ट्विटरप्रति ट्रम्प आक्रोशित छन्।

त्यही दिनदेखि उनले लगातार ट्विट गरेर यो वाक् स्वतन्त्रताको हनन भनिरहेका छन्।

ट्वीटर विवादपछि सामाजिक संजाल नै बन्द गरिदिने ट्रम्पले चेतावनी दिएका छन्।

यसबीचमा अर्को सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि ट्वीटरको आलोचना गरेका छन्।

जुकरबर्गले सामाजिक सन्जाल ‘सत्यको मध्यस्थ’ कहिल्यै बन्न नहुने धारणा राखे।

‘ट्वीटरभन्दा हाम्रो भिन्न नीति छ।’ जुकरबर्गले फक्स न्युजसँग कुरा गर्दै भनेका छन्,‘मानिसहरुले फेसबुकमा के भन्छन् फेसबुक सत्यको मधयस्थ हुनु हुँदैन। निजी कम्पनी विशेषगरी यस्ता कम्पनी त्यस्तो स्थितीमा उभिनु हुन्न।’

सही र गलत छुट्याउन सामाजिक संजाल लाग्न नहुने जुकरबर्गको धारणा थियो।

प्रतिक्रिया स्वरुप ट्वीटरका प्रमुख ज्याक डोर्सीले आफ्नो कम्पनी सत्यको मध्यस्थ हुन नखोजेको बताएका छन्।

उनले ट्वीटरको उद्देश्य सबै किसिमका विचार एक साथ ल्याउनु र मानिसलाई सत्य र असत्यको आत्म निर्णय गराउन लगाउनु रहेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .