ad ad

प्रविधि


आज रातिदेखि ‘वीणा उल्कावर्षा’

आज रातिदेखि ‘वीणा उल्कावर्षा’

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १४:२९,

यो वर्षको पहिलो उल्कावर्षा ‘वीणा उल्कावर्षा’ आज रातिबाट सक्रिय हुँदैछ। यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ। हरेक उल्कावर्षा आफ्नो सक्रिय समयमा एक समय अत्यधिक सक्रिय हुन्छन् जुन बेला उल्कावर्षा हेर्न चाहनेहरुका लागि सुनौलो अवसर पनि हो।

यस्ता उल्कावर्षाहरु बिस्तारै सक्रिय हुँदै सक्रियताको मध्यसमयतिर अत्याधिक सक्रिय हुन्छन् अनि फेरि बिस्तारै सक्रियता घट्दै जान्छ। हालसम्मको अवलोकन तथा अनुसन्धानबाट यो वर्ष वीणा उल्का वर्षाको अत्यधिक गतिविधि नेपाली समय अनुसार वैशाख ९ र १० गते राति साढे १० बजेपछि बिहान सुर्योदय अघिसम्म हेर्न सकिनेछ।

‘अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ’ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘लक डाउनको यो अवस्थामा खगोलको बारेमा अभिभावकहरुले आफ्ना केटाकेटीलाई जानकारी गराउन अवसरको रुपमा पनि प्रयोग गर्न सक्नु हुन्छ।’

उनले अन्य समयको भन्दा देश भरको वायु मण्डलमा प्रदुषणको मात्रा कम भएकोले घरकै छत वा आँगनबाट हेर्दा पनि देखिन सक्ने बताए।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ। थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।
पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमीटर सम्म फैलिन सक्छन्।

यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .