शुक्रबार एप्पल र गुगलले आफूहरुले कोरोना भाइरस नियन्त्रणमा सहयोगी सावित हुने एप्लिकेसन ‘कन्ट्याक्ट ट्रेसिङ’ कोरोना भाइरस ट्रेसिङ प्रणालीको विकास गर्ने घोषणा गरेका हुन्।
आफ्नो एप्लीकेसनले ब्लुतुथमार्फत काम गर्ने एप्पल र गुगलको भनाइ छ। चाँडै तयार हुने एप्लिकेसनले कोरोना संक्रमित नजिक भएको या नभएको बारेमा जानकारी दिनेछ।
मे महिनाको बिच समयमा गुगल र एप्पलले एप्लिकेसन प्रयोगमा ल्याउनेछन्। एप्लिकेसन प्रयोग गर्नका लागि प्रयोगकर्ताले ब्लुतुथ अन गर्नुपर्नेछ।
गुगल र एप्पलले यस एप्लिकेसनले मानिसको चाललाई ट्रेस गर्ने र यसले मानिस बसेको स्थानको जानकारी नलिने बताएको छ।
एप्लिकेसनले संक्रमित नजिक भएको या नभएको मात्र जानकारी दिने उल्लखे गरिएको छ। यद्यपी संक्रमितको सूचना कसरी एप्समा अपडेट गरिन्छ भनेर केही खुलाइएको छैन।
हरेक १५ मिनेटमा एप्लिकेसनमा कोरोनाबारे नयाँ समाचार र सूचनाहरुपनि हेर्न सकिनेछ। एजेन्सी
Shares
प्रतिक्रिया