प्रविधि


नौ महिनादेखि अन्तरिक्षमै अड्किएका सुनिता र बुच लिन पठाइयो रकेट

नौ महिनादेखि अन्तरिक्षमै अड्किएका सुनिता र बुच लिन पठाइयो रकेट

नेपालखबर
चैत २, २०८१ शनिबार ८:४२, काठमाडौँ

स्पेसएक्सले अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन नयाँ टोलीसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रकेट प्रक्षेपण गरेको छ।

दुवै अन्तरिक्ष यात्री आठ दिनका लागि मात्रै भनेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन गएका थिए तर अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि उनीहरू ९ महिनादेखि उतै अड्किएका छन्। 

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीमा फर्कने यात्रा सुरु गर्नेछन्।

नासाका कमर्सियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू निकै खुसी भएको बताएका छन्।

उनले भने, ‘बुच र सन्नी (सुनिता) ले राम्रो काम गरेका छन्, हामी उनीहरूलाई फिर्ता ल्याउन तत्पर छौँ।’

सुनिता विलियम्स र बुच विल्मोर २०२४ जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा परीक्षण मिसनका लागि उडान भरेका थिए।

उनीहरू ८ दिनपछि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट फर्कने भनिए पनि अहिलेसम्म फिर्ता हुन नसकेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad