विश्व चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले परोकारी कार्यमा धेरै समय व्यतीत गर्न आफू उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका हुन्।
सञ्चालक समितिबाट बाहिरिएसँगै ६५ वर्षका गेट्सले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताएका छन्।
गेट्स सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिका थिएनन्।
माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताए।
संसारका दोस्रा सर्वाधिक धनी व्यक्ति मानिने गेट्स ६५ वर्षका भए।
उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन्। बीबीसी
Shares
प्रतिक्रिया