ad ad

प्रविधि


अन्तरिक्षमा अड्केका २ जनालाई मस्कको स्पेस एक्स रकेटले फिर्ता ल्याउने

८ दिनलाई गएका अन्तरिक्ष यात्री ८ महिना अड्किए
अन्तरिक्षमा अड्केका २ जनालाई मस्कको स्पेस एक्स रकेटले फिर्ता ल्याउने

नेपालखबर
भदौ ९, २०८१ आइतबार १८:१२,

दुई महिनादेखि अन्तरिक्षमा अड्किएका नासाका दुई अन्तरिक्ष यात्रीलाई स्पेस एक्सको यानले फेब्रुअरी २०२५ मा फिर्ता ल्याउने भएको छ।

अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी विलमोरलाई ५ जुनमा बोइङको स्टारलाइनरले इन्टरनेसनल स्पेस स्टेसन पुर्‍याएको थियो। उनीहरू आठ दिनका लागि मात्र त्यहाँ पुगेका थिए। 

तर, स्टारलाइनर बिग्रेपछि रित्तै फर्केको थियो। 

जसका कारण उनीहरूले अन्तरिक्षमा आठ महिना बिताउनुपर्ने भएको छ।

अमेरिकाले बोइङ र स्पेस एक्स दुवैलाई नासाका अन्तरिक्ष यात्री ओसार्न अर्बौं डलरको ठेक्का दिएको छ।  बोइङले ४.२ अर्ब डलर प्राप्त गरेको छ भने स्पेस एक्सले २.६ अर्ब डलर।

स्पेस एक्सले ९ पटक नासाका अन्तरिक्षयात्री ओसारिसकेको छ भने बोइङले पहिलोपटक यी दुई जनालाई स्पेस स्टेसन पुर्‍याएको थियो।

अब उनीहरूलाई सेप्टेम्बरको अन्त्यमा जाने अर्को स्पेस एक्सको यानले फेब्रुअरीमा फिर्ता ल्याउनेछ।

यो योजनालाई ६१ वर्षीय विलमोर र ५८ वर्षीया विलियम्सले पनि समर्थन गरेको नासाको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .