ad ad

प्रविधि


हुवावेका समस्या हाम्रो लागि सुखद खबरः नोकिया

हुवावेका समस्या हाम्रो लागि सुखद खबरः नोकिया

नेपालखबर
असार १६, २०७६ सोमबार ६:३८,

प्रविधि कम्पनी हुवावे र नोकिया प्रतिस्पर्धी कम्पनी हुन्। नोकियाका प्रमुख टोमी उटियोका अनुसार हुवावेविरुद्ध अमेरिकी प्रतिबन्ध नोकियाकाे सुखद खबर हो।

टोमीले सीएनएनसँग भने,‘केही देशहरु छन् जसले चिनियाँ प्रतिस्पर्धी हुवावेमा प्रतिबन्ध लगाएका छन्। यसले हामीलाई अवसर सृजना गरिदिएको छ।’

हालसम्म हुवावेले फाइभजी नेटवर्क स्थापनाका लागि विश्वभर ५० व्यावसायिक सम्झौता गरेको छ। नोकियाले भने ४३ वटा सम्झौता गरेको छ।

हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि आफूलाई लाभ मिलेको नोकिया प्रमुखले बताएका छन्।

नोकियाले आफ्नो व्यापार अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकामा समेत बढाउने मौका पाएको छ। ती देशहरुमा हुवावे प्रतिबन्ध छ।

हाल नोकियाले चिनियाँ कम्पनी हुवावेलाई प्रतिस्थापन गर्नेबारे अमेरिकामा छलफल गरिरहेको छ।

केही समय अगाडिमात्र अमेरिकाले सुरक्षा खतरा देखाउँदै हुवावेलाई अमेरिकामा प्रतिबन्ध गरेको थियो।

तर हालैका दिन परिस्थिती बदलिँदो छ। हालै जापानको ओसाकामा सम्पन्न जि२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेले अमेरिकी प्रविधि सामाग्री खरिद गर्नसक्ने बताएपछि अब हुवावेले फेरि अमेरिकासँग व्यापार गर्नसक्ने आंकलन गरिएको छ।

हुवोले फेरि अमेरिकासँग कारोबार सुरुवात गरे नोकियालाई झट्का लाग्ने देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .