समाज


सावित्री हत्याकाण्डः छोरीसहित चार अभियुक्त सार्वजनिक

सावित्री हत्याकाण्डः छोरीसहित चार अभियुक्त सार्वजनिक

नेपालखबर
असार १६, २०७६ सोमबार ६:१३,

भक्तपुरको चाँगुनारायणमा भएको सावित्री भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता पाइएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले आज (सोमबार) पत्रकार सम्मेलन गरी हत्यामा संलग्न आरोपमा उनकी कान्छी छोरी २५ वर्षीया ईश्वरी भट्टराईसहित चार अभियुक्त सार्वजनिक गरेको हो।

 

अन्य तीन अभियुक्तहरूमा सिराहको कल्याणपुर नगरपालिका ४० घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्ने गरेका २३ वर्षीय मोहम्मद नौसाद, भारत घर भएका २४ वर्षीय अर्जुनकुमार भन्ने भोला कुमार र भारतकै २४ वर्षीय मोहम्मद रहिस रहेका छन्।

नौसाद भट्टराईकी छोरी ईश्वरीको प्रेमी रहेको प्रहरीको दाबी छ। नौसाद ९ महिनाअघि मात्र वैदेशिक रोजगारीबाट आएका थिए। सावित्रीकै आर्थिक सहयोगमा उनी विदेश गएको बताइएको छ।

प्रेम सम्बन्ध र पैसाकै कारण छोरी इश्वरीले आमा सावित्रीको हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नौसादसँग सम्बन्ध भएको बारे आमा सावित्रीले थाहा पाएपछि कुरा बाहिर आउने डरले छोरी ईश्वरीले आफ्ना प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेर भारतीय नागरिक मोहम्मद रहिसलाई समेत नेपाल झिकाइएको प्रहरीको अनुसन्धानले देखाएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ विद्युत तालिम केन्द्रनजिक छोरीको घरमा बस्दै आएकी सिन्धुपाल्चोकको बाँडेगाउँकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार कोठाभित्रै शव भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .