ad ad

प्रविधि


मस्कको ट्विटरलाई टक्कर दिन नयाँ एप ल्याउँदै जुकरबर्ग

मस्कको ट्विटरलाई टक्कर दिन नयाँ एप ल्याउँदै जुकरबर्ग

नेपालखबर
जेठ २१, २०८० आइतबार ११:२, काठमाडौँ

फेसबुकका परिकल्पनाकार मार्क जुकरबर्गले सामाजिक सञ्जाल एप ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेका छन्।

फेसबुक र इन्स्टाग्रामको कर्पोरेट कार्यालय मेटाले इन्स्टाग्राममा तस्बिर र भिडिओमा नयाँ फिचरहरूमा काम गर्दै ट्विटरको प्रतिस्पर्धी एप ल्याउने तयारी गरेको हो। ट्विटरको अवधारणा जस्तै छुट्टै 'टेक्स्ट' सम्बन्धित एप ल्याउने तयारी मेटाले गरेको हो।

मिडिया रिपोर्टका अनुसार उक्त एपमा ५ सय शब्दसम्म लेख्न सकिनेछ।

नयाँ एपको नाम घोषणा भएको छैन। तर हेबरमेनको एक रिपोर्टले उक्त परियोजनाको आन्तरिक कोड नेमलाई 'पी९२' नाम दिएको छ। नयाँ एप निर्माण प्रोजेक्ट-९२ र बार्सिलोना परियोजना अन्तर्गत भइरहेको छ।

एपमा लिंक, तस्बिर र भिडि‌ओ पनि शेयर गर्नुका साथै अडि‌ओ र भिडिओ संवाद पनि गर्न सकिनेछ। ट्विटरमा रिट्विट, रिप्लाई, डीएम र लाइक नाम दिइएकोमा त्यस्तो सुविधा प्रयोग गर्दा यस एपमा फेसबुकमा जस्तै लाइक, कमेन्ट, मेसेजजस्ता नाम देखिनेछन्।

प्रयोगकर्ताले उक्त एपसँग इन्स्टाग्राम आईडी पनि लिंक गर्न सक्ने र अकाउन्टमा बायो पनि राख्न सक्ने बताइएको छ। फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता एपमा झै यो एपमा पनि 'भेरिफिकेसन'को सुविधा पनि रहनेछ।

यसको प्रतिस्पर्धा एलन मस्कको ट्विटरसँग हुने बताइएको छ। ट्विटरको स्वामित्व मस्कको नेतृत्वमा आएपछि उनले गरिरहेका विभिन्न प्रयोगले प्रयोगकर्ताहरू असन्तुष्ट छन्। जसको फाइदा उठाउँदै प्रयोगकर्ता आफ्नो एपमा तान्ने योजना मेटाको छ।

यद्यपि, हालसम्म सार्वजनिक भएका नयाँ फिचर अडियो र भिडिओ कलजस्ता विविध सुविधाहरू ट्विटर स्वयंले पनि थप्ने तयारी गरिरहेको छ। एप अहिले निर्माणको चरणमा रहेकाले कहिलेदेखि सार्वजनिक हुन्छ भन्ने तय भइसकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .