सामाजिक सञ्जालमा कुनै समय प्रयोगकर्ताहरू चाहेर पनि पठाइसकेका मेसेज डिलिट गर्न सकिँदैन थियो। तर सामाजिक सञ्जालले पछि अनसेन्ड विकल्प पनि ल्याए।
तर अनसेन्ड भइसकेका मेसेज कसरी हेर्ने ? वा डिलिट भइसकेका मेसेज कसरी रिस्टोर गर्ने? एन्ड्रोइड प्रयोगकर्ताहरूले मेटिइसकेका मेसेज पुन:प्राप्ति गर्न सक्छन्।
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट भइसकेका मेसेज फेरि निकाल्न सक्नुहुन्छ।
यसो गर्नुहोस्:
सेटिङ एपमा जानुहोस्।
सूचनाहरूमा नेभिगेट गर्नुहोस् र त्यसपछि 'इन्फरमेसन हिस्ट्री' खोल्नुहोस्।
अब व्हाट्सएप र इन्स्टाग्राम दुबैबाट कुनै पनि डिलिट गरिएको सन्देश देख्न सकिन्छ।
स्मरण रहोस्, यस्ता मेसेज केवल २४ घण्टासम्म मात्रै हेर्न सकिन्छ। त्यसपछि मेसेज आफै स्थायी रूपमा डिलिट हुनेछन्।
तर नोटिफिकेसन हिस्ट्री सबै एन्ड्रोइड फोनमा उपलब्ध नहुन सक्छ। त्यसो भए के गर्ने? डब्लूएएमआरको प्रयोग। यस एपको सहायताले पनि ह्वाट्सएप र इन्स्टाग्राममा डिलिट भइसकेका मेसेज रिस्टोर गर्न सकिन्छ।
यसोव गर्नुहोस्:
गुगल प्ले स्टोरबाट डब्लूएएमआर एप डाउनलोड गर्नुहोस्,
एप खोल्नुहोस् र एपले मागेका प्रक्रिया पूरा गर्नुहोस्,
तपाईंले मेसेज रिस्टोर गर्न चाहेका एप चयन गर्नुहोस्,
एकपटक सेटअप पूरा भएपछि मेटाइएका मेसेज देखाउन पृष्ठमा पुग्न सकिन्छ,
बायाँतर्फ रहेको ह्याम्बर्गर मेनुमा गएर अब तपाईं डिलिट भइसकेका मेसेज हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया