प्रविधि


लिथियम–सल्फर ब्याट्रीः एकपटक चार्ज गर्दा हजार किलोमिटर कुद्छ कार

लिथियम–सल्फर ब्याट्रीः एकपटक चार्ज गर्दा हजार किलोमिटर कुद्छ कार

नेपालखबर
पुस २६, २०७६ शनिबार १०:१८,

यस ब्याट्री प्रयोग भएको विद्युतीय कार एकपटक चार्जगर्दा हजार किलोमिटर कुद्ने दाबी गरिएको छ।

साथै यस ब्याट्री मोबाइलमा प्रयोग भए एकपटकको चार्जले स्मार्टफोन पाँच दिनसम्म ढुक्क चलाउन सकिने वैज्ञानिकहरुले बताएको सीएनएनले जनाएको छ।

यदी यो प्रविधि विश्वभर प्रयोग गर्न सकिए यसले वातावरण प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मेलबर्नस्थित मोनास विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले लिथियम र सल्फर रसायनको माध्मयबाट नयाँ ब्याट्री निर्माण गर्न सफल भएका हुन्।

यस ब्याट्री साधारण ब्याट्रीभन्दा चारगुणा गुणस्तरीय र टिकाउ भएको जनाइएको छ।

यो ब्याट्री स्मार्टफोनमा पनि प्रयोगमा ल्याउने बताइएको छ। साथै कार तथा अन्य विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने जनाइएको छ।

Image result for lithium sulphur battery

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .