डोनाल्ड ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्कन लागेका छन्। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको स्वामित्व कम्पनी मेटाले दुई वर्षदेखि निलम्बित उनका खाताहरू पुनःस्थापना गर्ने घोषणा गरेको हो।
सामाजिक सञ्जाल कम्पनीले ‘आगामी हप्तामा’ खाता पुनर्स्थापित गरिने बताएको छ।
‘जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न चाहन्छन्, मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले वक्तव्यमा भनेका छन्।
सन् २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र इन्स्टाग्रामले ट्रम्पको खाता अनिश्चितकालका लागि निलम्बन गरेको थियो।
‘ट्रम्पले हिंसा गर्ने मानिसहरूको प्रशंसा गरेकाले’ कम्पनीले यो निर्णय गरेको क्लेगले बताएका छन्।
उनले भने, ‘असामान्य अवस्थामा लिइएको यो असाधारण निर्णय हो।’
उनले यो पनि भने– एक समीक्षामा ट्रम्पको खाताबाट अब कुनै प्रकारको सार्वजनिक सुरक्षामा खतरा देखिएन। बीबीसी
प्रतिक्रिया