ad ad

प्रविधि


आयरल्याण्डमा इन्स्टाग्रामलाई ४० करोड डलर जरिवाना

आयरल्याण्डमा इन्स्टाग्रामलाई ४० करोड डलर जरिवाना

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ११:५८, काठमाडौँ

आयरल्याण्डको डेटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड करोड २० लाख डलर जरिवानाको निर्णय गरेको छ।

बालबालिकाको विवरणहरु बचाउन नसकेको आरोपमा आयरल्याण्डले इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरेको हो। प्राइभेसी नियामकका प्रवक्ताले यसअघि गरिएको अनुसन्धानको आधारमा इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरिएको बताएका छन्। 

इन्स्टाग्रामले आयरल्याण्डको नियामकको निर्णय पुनरवलोकनको लागि आवेदन दिने तयारी गरेको बताएको छ। 

आयरल्याण्डको नियामकले गरेको अनुसन्धान सन् २०२० मा सुरु भएको थियो। अनुसन्धानमा १३ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको थियो।

अनुसन्धानको क्रममा प्रयोगकर्ताको फोन नम्बर वा इमेल एड्रेस बचाउन इन्स्टाग्राम असफल भएको पाइएको हो। 

आयरल्याण्डको नियामकको निर्णयको पूर्णपाठ भने अहिलेसम्म सार्वजनिक भएको छैन। गत वर्ष ह्वाट्सएपमाथि पनि सन् २०१८ मा ईयूको डेटा नियम पालना नगरेको आरोपमा २२ करोड ५० लाख युरो जरिवाना गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .