ad ad

प्रविधि


ब्याट्रिमा प्रतिस्पर्धा बढाउन २४ अर्ब डलर लगानी गर्दै जापान

ब्याट्रिमा प्रतिस्पर्धा बढाउन २४ अर्ब डलर लगानी गर्दै जापान

नेपालखबर
भदौ १५, २०७९ बुधबार ९:४८, काठमाडौँ

जापानको उद्योग मन्त्रालयले मुलुकमा विद्युतीय गाडी तथा ऊर्जा सञ्चितिमा प्रयोग हुने ब्याट्री उत्पादनमा प्रतिस्पर्धा बढाउन सार्वजनिक तथा निजी क्षेत्रमा २४ अर्ब डलरको लगानी आवश्यक रहेको बताएको छन्।

मन्त्रालयले सन् २०३० सम्ममा ब्याट्री उत्पादनको क्षेत्रमा ३० हजार तालिमप्राप्त कर्मचारी परिचालन गरिने बताएको छ। 

बुधबार एक कार्यक्रममा बोल्दै जापानका उद्योगमन्त्री यासुतोसी निशिमुराले सरकारले राखेको सबै लक्ष्य पूरा गर्न आवश्यक सबै कदम चालिने बताएका छन्।

त्यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनको भनाइ छ। यसअघि नै सरकारले सन् २०३० सम्ममा १५० गिगावाट आवरको ऊर्जा सञ्चिति भएको आन्तरिक ब्याट्री उत्पादनको लक्ष्य राखेको छ।

यो अवधिमा जापानले समग्र ब्याट्री उत्पादन भने ६०० गिगावाट आवर पुर्‍याउने लक्ष्य लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .