हाल भेटिएको ब्ल्याक होल वैज्ञानिकका सिद्धान्तले भनेभन्दा ठूलो भएपछि वैज्ञानिकहरु चकित बनेका छन्।
१५ हजार लाइटवर्ष टाढा यस ब्ल्याक होल तारासँग सम्बन्धित छन्।
यस्ता ब्ल्याक होल तारा मरेपछि, ताराको विनाश भएपछि र तार विस्फोटपछि उत्पती हुने गर्दछन्।
बिहीबार चाइनिज एकेडेमी अफ साइन्सेसले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ ब्ल्याक होलबारे जानकारी दिएको हो।
उनीहरुको अनुसन्धान द जर्नल नेचरमा प्रकाशित छ। अनुसन्धानका मुख्य खोजकर्ता लिउ जेफिङ भन्छन्,‘यति ठूलो ब्ल्याक होल हाम्रो तारापुन्जमा नहुनु पथ्र्यो।’
हाल वैज्ञानिकहरु यो ब्ल्याक होल कसरी यति ठूलो भयो भनेर अनुसन्धान गरिरहेका छन्। सीएनएन
प्रतिक्रिया