ad ad

प्रविधि


ल्यापटप साह्रै ‘स्लो’ हुन्छ? यसो गर्नुहोस्

ल्यापटप साह्रै ‘स्लो’ हुन्छ? यसो गर्नुहोस्

नेपालखबर
मंसिर १, २०७८ बुधबार १४:०, काठमाडौँ

ल्यापटपले अहिले धेरै कामलाई सहज बनाएको छ। यद्यपि ल्यापटप स्लो हुने समस्याले पनि उत्तिकै धेरै मानिसलाई दुःख दिने गरेको छ।

ल्यापटप स्लो हुँदा मानिसको कार्यक्षमतामा त असर गर्छ नै तपाईंलाई आफ्नो कामप्रतिको ध्यान पनि हटाइदिन्छ। यहाँ ल्यापटपको स्पिड बढाउने केही तरिका उल्लेख गरिएको छ– 

१. अनावश्यक ब्राउजर ट्याब बन्द गर्नुहोस् 
तपाईं ल्यापटपमा काम गरिरहँदा एउटा ब्राउजर चलाउनुपर्ने हुन्छ भने सकेसम्म कमभन्दा कम ट्याब खुला रहोस् भन्नेमा ध्यान दिनुहोस्।

धेरै ट्याब खोल्दा पनि त्यसको असर ल्यापटपको प्रोसेसिङमा पर्न जान्छ। ब्राउजरमा जति धेरै ट्याब खुल्यो र्‍याममा त्यसको असर त्यति नै धेरै पर्छ। त्यसैले काम सकिएपछि ट्याबलाई तत्कालै बन्द गर्ने बानी बसाल्नुहोस्। 

२. काम नभएका ब्याकग्राउण्ड प्रोग्राम बन्द गर्नुहोस् 

तपाईंको ल्यापटप स्लो हुनुको एउटा कारण ल्यापटपमा चलिरहेका तर काम नलाग्ने प्रोग्राम पनि हुन्।

यस्तोमा कुनै काम नलाग्ने प्रोग्राम ल्यापटपमा  चलिरहेको छ भने त्यसलाई बन्द गरिदिनुहोस्। कन्ट्रोल, सिफ्ट र इस्केप बटम एकैसाथ थिचेर विन्डोज टास्क म्यानेजरमा के चलिरहेको छ भन्ने हेर्न सकिन्छ। टास्कबारका दायाँ साइडको माथिरहेको एरोमा क्लिक गरेर ब्याकग्राउण्डमा कुनै प्रोग्राम चलिरहेको छ वा छैन भन्ने हेर्न सकिन्छ। 

३. ल्यापटप रिस्टार्ट गर्नुहोस् 
कहिलेकाहीँ ल्यापटपलाई रिस्टार्ट गर्दा पनि स्लो हुने समस्या हट्न सक्छ। रिस्टार्ट गर्दा ल्यापटपको अस्थायी मेमोरी क्लियर हुन्छ र तपाईंको ल्यापटपको स्पिड बढ्छ।

यद्यपि तपाईंको ल्यापटपमा विन्डोज सुरु हुनेबित्तिकै सुरु हुने प्रोग्राम छ भने रिस्टार्ट गर्नुले कुनै फाइदा गर्दैन। 

४. अनावश्यक प्रोग्राम अनइस्टल गर्नुहोस् 
यो निकै सजिलो काम हो र ल्यापटपको स्पिड बढाउने प्रभावकारी तरिका पनि हो। यदि तपाईंको ल्यापटपमा धेरै प्रोग्राम छ र ल्यापटप ढिलो चलिरहेको छ भने केही काममा नआउने प्रोग्रामलाई अनइन्स्टल गर्न सक्नुहुन्छ। 

५. स्टार्टअप एप्समा निगरानी राख्नुहोस् 
स्टार्टअप एप्स केही नगरीकन नै निश्चित समयमा आफैं सक्रिय हुन्छन्। यसले तपाईँको ल्यापटपको कार्यक्षमतामा असर पार्न सक्छन्।

यसको अर्थ तपाईंलाई थाहा नहुँदा पनि ल्यापटपमा विभिन्न एपहरु चलिरहेका हुन्छन्। तपाईंले टास्क म्यानेजमा गएर एक्सपेन्डेड भ्युमा भएर ‘स्टाटअप’ ट्याबमा गएर  विन्डोजसँग सुरु हुने प्रोग्रामहरु चेक पनि गर्न सक्नुहुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .