ad ad

प्रविधि


सबैभन्दा शक्तिशाली लेजर हतियार बनाउँदै अमेरिका

सबैभन्दा शक्तिशाली लेजर हतियार बनाउँदै अमेरिका

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार ९:१३, काठमाडौँ

अमेरिकाले विश्वको सबैभन्दा शक्तिशाली लेजर हतियार बनाइरहेको छ। अमेरिकी सेनाले आगामी वर्ष यो हतियार प्रदर्शन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

समाचारमा बनाइएअनुसार अमेरिकाले ३०० किलोवाटको लेजर हतियार बनाइरहेको हो। यो हतियार विकासको लागि अहिले जनरल एटोमिक्स इलेक्ट्रोम्याग्नेटिक सिस्टम (जीए–ईएमएस) र बोइङले संयुक्त रुपमा काम गरिरहेका छन्। 

यो हतियार जहाजको कन्टेनरको आकारको हुनेछ र ठूलो ट्रकमाथि यो हतियारलाई राखिनेछ। यो अहिलेसम्म बनाइएको सबैभन्दा शक्तिशाली लेजर हतियार हुनेछ।

जीए–ईएमएसका अध्यक्ष स्कट फोर्नेले यो अहिलेसम्मकै शक्तिशाली लेजर हतियार बन्ने बताए। अमेरिकी जलसेनाले सबैभन्दा पहिला ‘लज’ नामक लेजर हतियार सन् २०१४ मा बनाएको थियो।

यसलाई यूएसएस पोन्समा राखिएको थियो। त्यतिबेला यो हतियारको क्षमता ३० किलोवाट थियो। धेरैजसो सेनाको लेजर हतियार ३० देखि १०० किलोवाटसम्म हुने गर्छ। 

यसले कुनै पनि ड्रोन, विमा वा हेलिकोप्टरलाई केही समयमा नै खरानी बनाउन सक्छ। अमेरिकाले आफ्नो आकाशमा आउन सक्ने जोखिमबाट बच्नका लागि लेजर हतियार निर्माण गरेको हो।

जानकारहरुका अनुसार लेजर हतियारको सहयोगमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, ड्रोन, फाइटर विमानलाई पनि केही समयमा नै ध्वस्त पार्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .