ad ad

प्रविधि


फेसबुक र युट्युबले हटाए ब्राजिलका राष्ट्रपतिको भिडियो

फेसबुक र युट्युबले हटाए ब्राजिलका राष्ट्रपतिको भिडियो

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार ९:४७, काठमाडौँ

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबारे दिएको भ्रामक अभिव्यक्तिको कारण फेसबुक र युट्युबले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको भिडियो हटाएका छन्।

युट्युबले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा खोपबारे गरिएको गलत दाबीको कारण बोल्सोनारोको भिडियो हटाइएको बताएको छ।

युट्युबले बोल्सोनारोलाई सात दिनसम्म भिडियो पोस्ट गर्न नपाउने गरी प्रतिबन्ध पनि लगाएको छ। यद्यपि बोल्सोनारोको च्यानलका अन्य भिडियो भने हेर्न पाइन्छ। 

यसअघि बोल्सोनारोले कोरोना खोप लगाएका मानिसमा एड्स अपेक्षा गरिएभन्दा छिटो बढ्ने गरेको बताएका थिए।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोभिड–१९ को महामारीमा पनि मानिसहरुलाई मास्क नलगाउन, र्‍यालीमा सहभागी हुन र भौतिक दूरीको पालना गर्नु नपर्ने बताएका थिए। ब्राजिलमा कोरोना महामारीलाई गम्भीररुपमा लिएर आवश्यक कदम नचालेको भन्दै ब्राजिलमा उनको आलोचना भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .