ad ad

प्रविधि


विभिन्न मुद्दाबीच फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर

विभिन्न मुद्दाबीच फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर

नेपालखबर
कात्तिक ९, २०७८ मंगलबार ८:२९, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकले २०२१ का तेस्रो त्रैमासमा ९ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। गत वर्षको सोही ७ अर्ब ८० करोड डलर आम्दानी गरेको थियो।

यद्यपि एप्पलको आईओएस १४ को अपरेटिङ सिस्टम अपडेटको कारण फेसबुकको आम्दानी प्रभावित भएको छ। नयाँ अपडेटमा कुनै विशेष प्रयोगकर्तालाई लक्षित गरी विज्ञापन दिन फेसबुकलाई कठिन भएको छ।

यसअघि फेसबुकका पूर्व कर्मचारीले फेसबुकको खराब व्यवहारबारे खुलासा गरेकी थिइन्। उनले फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा पनि आफ्नो नाफालाई प्राथमिकतामा राख्ने गरेको विवरण सार्वजनिक गरेकी थिइन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार फेसबुकले आफ्नो प्लेटफर्मबाट घृणा फैलाउने कन्टेन्ट र यौन तस्करी पनि रोक्न सकेको छैन। फेसबुकका सीईओ मार्क जुकरवर्गले लगानीकर्तालाई फेसबुकको छवि सुधार गर्नुपर्ने बताएका थिए। 

पछिल्लो एक वर्षमा फेसबुकका मासिक प्रयोगकर्ताको संख्या पनि ६ प्रतिशत बढेर दुई अर्ब ९१ करोड पुगेको छ। फेसबुकले यस वर्ष नयाँ योजना डिजिटल विश्व (मेटाभर्स)को लागि १० अर्ब डलर खर्च गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .