मार्क जुकरबर्गले आगामी पाँच वर्ष भित्र फेसबुकलाई सामाजिक संजाल नेटवर्कबाट ‘मेटाभर्स कम्पनी’ बनाउने योजना बनाएका छन्।
मेटाभर्स भनेको अनलाईनको भर्चुअल दुनियाँ हो जहाँ मानिसले भर्चुअल रुपमै भीआर हेडसेट लगाएर गेम खेल्न सक्छन्, संचार गर्न सक्छन् भने काम पनि गर्न सक्छन्।
फेसबुकका संस्थापक तथा कार्यकारी अधिकृत जकरबर्गका अनुसार फेसबुकको भर्चुअल दुनियाँमा फेसबुकका सामग्री मात्र देखिँदैन आफू नै त्यहाँ भित्र पाइनेछ।
मेटाभर्सको एप्लिकेसनले प्रयोगकर्तालाई मोबाइलमा कन्सर्ट हेरिरहँदा त्यही उपस्थित भएको अनुभूति गराउने उनी बताउँछन्।
उनी भन्छन्,‘३डी कन्सर्ट हेर्दा हामी कन्सर्टमै गएर उफ्रिएको अनुभूति हुन्छ। तपाइँ अन्य ठाउँमा गएको अनुभव हुनेछ जुन २डी एप र वेबपेज चलाउँदा असम्भव छ।’

उनले प्रयोगकर्ताले भीआरको माध्यमबाट फेसबुकमा आफ्नो आदर्श कार्यालय पनि बनाउनसक्ने जानकारी दिए।
भविष्यमा फेसबुकले फोनगर्दा एकै ठाउँमा प्रत्यक्ष रुपमा बोलेकोजस्तै सुविधा पनि ल्याउने उनको भनाइ छ।
हजारौं माइल टाढा भएता पनि एकअर्कालाई हेरेर प्रत्यक्ष रुपमा कुराकानी गरेकोजस्तो अनुभव हुने बताइएको छ।
भर्चुअल रियालिटीको लागि फेसबुकले २ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। बीबीसी र एजेन्सीको सहयोगमा

Shares

प्रतिक्रिया