ad ad

प्रविधि


विश्वभर डाउन भयो इन्टरनेट, कयौं ठूला वेबसाइट र एप बन्द भए

विश्वभर डाउन भयो इन्टरनेट, कयौं ठूला वेबसाइट र एप बन्द भए

(फाइल तस्बिर)


नेपालखबर
साउन ८, २०७८ शुक्रबार १२:५८,

बिहीबार विश्वभरका कयौं क्षेत्रमा इन्टरनेट बन्द भएको थियो। त्यसका कारण कयौं ठूला वेबसाइट र एपहरुले काम गरेनन्।

बीबीसीका अनुसार अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिस एयरवेज र प्लेस्टेसन नेटवर्कको सर्भर प्रभावित भएका थिए।

डोमेन मेन सिस्टम डीएनएस प्रदानगर्ने आकामाई कम्पनीमा आएको प्राविधिक गडबडीका कारण सो समस्या निम्तिएको बताइएको छ।

डीएनएस इन्टरनेटको फोनबुक हो। यसले कम्प्युटर र फोनलाई आईपी एड्रेससँग जोड्छ जसका कारण एप तथा वेबसाइट प्रयोग गर्न सकिन्छ।

गएको दुई महिनामा फेरि एकपटक विश्वभरका चर्चित वेबसाइट डाउन भएका हुन्। 

यसअघि क्लाउड सिस्टममा खराबी आउँदा विश्वभरका चर्चित वेबसाइट केहीबेर बन्द भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .